काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तको चीनमा क्वारेन्टिनमा उपचार सुरु गरिएको छ । पुनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालको क्वारेन्टिनमा उपचार सुरु भएको हो ।
चौथौ लहरको कोरोना महामारीका कारण त्यहाँ कडा लकडाउन छ । पूर्वअर्थ र ऊर्जामन्त्रीसमेत रहेका पुन लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित छन् । चुनावी धेपेडीका कारण रोग बल्झिएपछि उनी नेपाली चिकित्सकहरुको परामर्शमा शुक्रबार फलोअप उपचारका लागि दुवई, ग्वान्झाओ हॅुदै सेन्जेन प्रस्थान गरेका थिए । पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ ।
पुन पत्नीसमेत रहेकी पूर्वसभामुख ओनसरी घर्तीले स्वास्थ्यमा सामान्य सुधार भएको बताइन् । नेपालबाट जाँदा जण्डिसको मात्रा ९बिलरुबिन० २७ रहेकामा अहिले घटेर २४ मा आएको जानकारी घर्तीले दिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ मंसिर २०७९, ११ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नेकपा धुलो टक्टकाएर फेरि उठ्छ’ : वर्षमान पुन
वर्षमान पुन १५ हजार बढी मतान्तरसहित निर्वाचित
धाँधलीरहित चुनाव भए नेकपा पहिलो दल बन्ने वर्षमान पुनको दाबी
मतदानअघि राष्ट्रिय स्वाधीनता र भविष्यका मुद्दा स्मरण गर्न वर्षमान पुनको अपिल
निर्वाचनमा ५० प्रतिशत बढी उम्मेदवार युवालाई बनाउने तयारी छ: वर्षमान पुन
२१ फागुनमा निर्वाचन नभए सरकारको औचित्य सकिने वर्षमान पुनको जिकिर