काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले किराँत समुदायको पर्व उधौलीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
उधौली पर्वका अवसरमा शुभकामना दिँदै उनले यस पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
किराँत समुदायमा जाडो मौसम सुरु भएछि हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरू भई १५ दिनसम्म विभिन्न क्रियाकलापका साथ उधौली पर्व मनाउने परम्परा रहेको छ । यस पर्वका अवसरमा किराँत समुदायका मूलतः राई, लिम्बू, याख्खा र सुनुवारले नयाँ अन्नबाली पितृलाई चढाई पितृपूजा गर्ने गरिन्छ । उधौली पर्वका अवसरमा परम्परागत वेषभूषा लगाई सार्वजनिकस्थलमा भेला भएर सामूहिकरूपमा साकेला नृत्य गर्ने प्रचलनसमेत रहेको छ ।
प्रधानमन्त्री देउवाले विभिन्न जातजाति र समुदायको साझा फूलबारीका रूपमा रहेको नेपालमा उधौलीजस्ता चाडपर्वले हाम्रो सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव अभिवृद्धि गर्न अहम भूमिका निभाएको उल्लेख गरेका छन् । यस पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नसमेत सहयोग गरेको उनले उल्लेख गरेका छन् ।
उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्ने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले प्रकृतिको सम्मान गर्दै सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न यस पर्वले सहयोग गरेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ मंसिर २०७९, ०८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उद्योग मन्त्रालयका ‘छायाँ मन्त्री’ : निर्णय सांसद सुशान्त वैदिक, हस्ताक्षर प्रधानमन्त्री
एक्लै राजदूत नभेटने निर्णय लिएका बालेनले सामुहिक भेट गदै
प्रधानमन्त्रीलाई कांग्रेस सांसद् कर्णले भने- आउनुहोस्, राष्ट्रिय एकता गरौँ
राजदूतसँग प्रधानमन्त्रीले सिधा भेट नगर्ने
प्रधानमन्त्रीलाई वामदेवको खुल्लापत्र- केपी ओलीलाई छोडिदिनुस्
प्रधानमन्त्री शाहलाई रूसी समकक्षी मिखाइलको बधाई