उषा राईको हत्यामा संलग्न ४ जना पक्राउ

सफल खबर संवाददाता

मंगलबार, २० मंसिर २०७९, १६ : १३
उषा राईको हत्यामा संलग्न ४ जना पक्राउ

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१३ की ४२ वर्षीया एकल महिला उषा राईको हत्यामा संलग्न ४ जना परेका छन् ।पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय धरानले मंगलबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा मुख्य आरोपी धरान– १३ की ५५ वर्षीया उर्मिला राई, २६ वर्षीया सुमित्रा राई, धरान– १७ की २९ वर्षीया सुसेली राई र ४० वर्षीया रत्न लिम्बु सुब्बा रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए ।

मुख्य आरोपी उर्मिलाले आफ्ना श्रीमान गोविन्द्र राईसँगै उषाको सम्बन्ध रहेको भन्दै स्थानीय जनजागृती आमा समुहका सदस्यहरुलाई बोलाएर कुटपिट गंरि गम्भीर घाइते बनाएका थिए । घाइते उषाको उपचारका क्रममा मंसिर १३ गते मृत्यु भएको थियो ।

उषाको परिवारले हत्यामा संलग्न स्थानीय सिर्जना राई, निरकुमारी गुरुङ, मिना राई लगायतका नाममा किटानी जाहेरी दिएको छ तर उनीहरुलाई प्रहरीले पक्राउ गर्न सकेको छैन् ।

डिएसपी श्रेष्ठले अन्य अभियुक्तहरुको पहिचान भइसकेकाले पक्राउ गर्न प्रहरी परिचालन गरिएको बताए । उनले उषालाई कुटपिट भएको भिडियो क्लिप फेला परेकाले हत्यामा संलग्न सबैको पहिचान गरि कानूनी दायरामा ल्याउने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस