काठमाडौं । नेपाली कांग्रेसका नेता तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले मौलिकतामा आधारित गीत, संगीतलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताएका छन।
सोमबार स्वरसम्राट नारायण गोपालको ३२ औं पुण्यस्मृतिका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले नेपाली गीत, संगीतमा मौलिकता हराउन लागेको भन्दै मौलिकता जोगाउनुपर्ने बताएका हुन ।
उनले मौलिकतासँग नजोडिएको सभ्यता, संस्कृति र मानव बस्ती हुन नसक्ने भन्दै पछिल्लो पुस्तालाई मौलिकतामा आधारित गीत संगीत हस्तान्तरण गर्नुपर्ने बताए। त्यसको निम्ति राज्यले वातावरण बनाउनुपर्ने उनले बताए ।
नेता पौडेलले नेपाली गीत, संगीतको मौलिक आधार स्वर्गिय गायक नारायणगोपाल रहेको उल्लेख गर्दै मौलिकता बचाउनको निम्ति अर्को नारायण गोपाल जन्माउनु आवश्यक रहेको बताएका छन।
नेता पौडेलले गीतकार तथा संगीतकारहरुले राष्ट्रको प्रतिविम्ब झल्काउने बताए । गीतकार, संगीतकारहरुलाई राज्यले सम्मान गर्न नसकेको भन्दै उनले यस विषयमा राज्यले ध्यान पुर्याउनुपर्ने बताए ।
उनले पश्चिमा राष्ट्रहरुले आफ्नो सभ्यतासँग जोडेर संगीत र गीतको विकास गरिरहेको भए पनि नेपाली गीत, संगीत पछि परिरहेको बताए । उनले मौलिकतामा आधारित गीत, संगीतको विकास हुनुपर्नेमा जोड दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ मंसिर २०७९, १९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सरकारको ‘सय दिनमा सय काम’ नारामै सीमित भयो’ : प्रदीप पौडेल
‘एक पटक वडास्तरमा अद्यावधिक गरेपछि सदस्यता बारम्बार नवीकरण गर्न नपर्ने’ : प्रदीप पौडेल
सुकुम्वासी बस्ती हटाउँदा पर्याप्त सूचना र समय दिनुपर्थ्यो : महामन्त्री पौडेल
‘सदस्यता प्रणाली डिजिटल रूपान्तरणतर्फ, पुराना अभिलेख सुरक्षित रहन्छ’: प्रदीप पौडेल
कार्की आयोगको प्रतिवेदन किन गुपचुप ?
आगामी सरकारलाई काँग्रेसको साथ र समर्थन रहने प्रदीप पौडेलको प्रतिबद्धता