काठमाडौं । राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासहरूका बस्ती हटाउने तथा असुरक्षित हुने गरी कुनै पनि कार्य नगर्न स्थानीय तहलाई निर्देशन दिएको छ ।
आयोगले आज एक सूचना प्रकाशित गर्दै आयोगले तत्पश्चात् लगत सङ्कलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नाप जाँच र लालपुर्जा वितरण कार्य सम्पन्न नभएसम्मका लागि काठमाडौं महानगरपालिकासहित सम्पूर्ण स्थानीय तहहरू र सबै सरकारी तथा गैर सरकारी निकायहरूलाई सुकुम्वासी बस्ती नहटाउन भनेको छ ।
सुकुम्वासी तथा भूमिहीनको लगत सङ्कलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नाप जाँच र लालपुर्जा वितरणलगायतका कामहरू निर्वाचन आचारसंहिताको कारण स्थगित भएको भए पनि अव तत्काल सुरु गरिने पनि आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ मंसिर २०७९, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
मनोहरास्थित सुकुम्वासी बस्तीमा आज फेरि डोजर, हिजो भएको थियो आक्रमण
थापाथलीस्थित सुकुम्वासी वस्तीमा चल्यो डोजर
सुकुम्वासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन
थापाथली बस्ती पुगे सांसद आरेन राई, सुकुम्वासीको पक्षमा रहने प्रतिबद्धता
बस्तीमा डोजर चलेपछि सुकुम्वासीले गरे प्रहरीमाथि ढुंगामुढा