काठमाडौं । नेकपा एमालेले स्याङ्जा–२ र बाजुरामा धाँधली भएको जिकिर गर्दै त्यसैलाई निर्वाचन आयोगले वैधता प्रदान गरेको आरोप लगाएको छ । महासचिव शंकर पोखरेलले सत्तापक्षले सेटिङ मिलाएर गरेको धाँदलीलाई आयोगले वैधता प्रदान गर्नुले गम्भीर चिन्ता बढाएको प्रतिक्रिया दिए ।
‘स्याङ्जा र बाजुरामा सत्तापक्षले सेटिङ मिलाएर गरेको नाङगो धाँदलीलाई निर्वाचन आयोगले वैधता प्रदान गर्नुले गम्भीर चिन्ता बढाएको छ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
एमालेले यी दुबै क्षेत्रका धाँधली भएको ठाउँमा पुनः मतदान हुनुपर्ने माग गर्दै आएको थियो । तर, निर्वाचन आयोगले बुधबार मतगणना सुरु गर्न निर्देशन दिएको थियो । सोहीअनुसार स्याङ्जा २ मा मतगणना सुरु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ मंसिर २०७९, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एघारौँ महाधिवेशन मंसिर २७ देखि पोखरामा गर्ने एमालेको निर्णय
एमाले केन्द्रीय कमिटी बैठक : सुरु भयो तेस्रो दिनको छलफल
एमालेले आयोगसमक्ष बुझायो ७ बुँदे धारणा
एमालेको केन्द्रीय कमिटी बैठक सुरु
ओलीको प्रस्ताव परस्परविरोधी र संगतिपूर्ण नरहेको भन्दै केन्द्रीय समितिमा आलोचना
एमाले केन्द्रीय कमिटी बैठक : आज पनि नेताहरूले अध्यक्षको प्रतिवेदनमाथि धारणा राख्ने