काठमाडौं । नेकपा एमालेले स्याङ्जा–२ र बाजुरामा धाँधली भएको जिकिर गर्दै त्यसैलाई निर्वाचन आयोगले वैधता प्रदान गरेको आरोप लगाएको छ । महासचिव शंकर पोखरेलले सत्तापक्षले सेटिङ मिलाएर गरेको धाँदलीलाई आयोगले वैधता प्रदान गर्नुले गम्भीर चिन्ता बढाएको प्रतिक्रिया दिए ।
‘स्याङ्जा र बाजुरामा सत्तापक्षले सेटिङ मिलाएर गरेको नाङगो धाँदलीलाई निर्वाचन आयोगले वैधता प्रदान गर्नुले गम्भीर चिन्ता बढाएको छ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
एमालेले यी दुबै क्षेत्रका धाँधली भएको ठाउँमा पुनः मतदान हुनुपर्ने माग गर्दै आएको थियो । तर, निर्वाचन आयोगले बुधबार मतगणना सुरु गर्न निर्देशन दिएको थियो । सोहीअनुसार स्याङ्जा २ मा मतगणना सुरु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ मंसिर २०७९, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह