काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आउनेक्रम रहेकोमा कांग्रेस नेता सिंह ओली निवास बालकोट पुगेका थिए ।
भेटमा दुवै नेताले एकअर्कालाई बधाई ज्ञापन गरेको र समसामयिक राजनीतिक विषयहरू छलफल गरेका छन् ।ओली झापा–५ बाट छैटौँ पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् भने सिंह काठमाडौं–१ बाट चौथोपटक निर्वाचित भएका छन् ।
पार्टीमा संसदीय दलको नेतामा प्रतिस्पर्धाको तयारी गर्ने बताइरहेका नेता सिंहले चुनावी परिणाम आइनसक्दै एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका छन् ।नेता सिंहका स्वकीय सचिव युपी लामिछानेले नियमित भेटघाट भएको बताए । ‘पहिले पनि भेट हुन्थ्यो, अहिले भर्खरै चुनाव जितेको, त्यसैले बधाई आदान प्रदान गर्ने गरी भेट भएको हो,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ मंसिर २०७९, १९ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप
ओलीसँग अस्पतालमै बयान लिइँदै, २ दिन थुनामा राख्ने अनुमति
ओलीलाई पनि छोड्न सर्वोच्चद्वारा अस्वीकार, कारण देखाऊ आदेश जारी
ओलीको रिटमा सोमबार सुनुवाइ हुने