डा.भोजराजले दिए विक्रम पाण्डेलाई बधाई, विकासलाई यथार्थमा परिणत गर्न आग्रह

सफल खबर संवाददाता

शनिबार, १० मंसिर २०७९, १३ : ४०
डा.भोजराजले दिए विक्रम पाण्डेलाई बधाई, विकासलाई यथार्थमा परिणत गर्न आग्रह

चितवन । प्रतिनिधिसभा सदस्य चितवन ३ मा निर्वाचित विक्रम पाण्डेलाई डा.भोजराज अधिकारीले बधाई दिएका छन् । राप्रपाका उपाध्यक्ष पाण्डेलाई लोकतान्त्रिक बाम गठबन्धनका समेत उम्मेदवार एवं माओवादी केन्द्रका नेता डा.अधिकारीले बधाई दिएका हुन् । 

रामपुर कृषि क्याम्पस स्थित मतगणना स्थलमा पुगेर कार्यकाल सफलताको शुभकामना दिए ।सँगसँगै प्रदेश सभा सदस्य चितवन ३(१) बाट निर्वाचित राप्रपाका ज्ञानजंग लामा र ३(२) बाट निर्वाचित माओवादी केन्द्रका ठाकुर प्रसाद ढकाललाई समेत बधाई एवं शुभकामना दिएका छन् । यसैक्रममा डा. भोजराजले जनताको अभिमतलाई कार्यक्षेत्रमा सफलता पुर्वक सम्पन्न गर्न सुझाव दिए । 'जनताको विजयी मत पाउनुभयोू उनले भने,' अब विकासलाई यथार्थमा परिणत गर्ने समय आएको छ । 

यस्तै भरतपुर महानगर प्रमुख रेनु दाहालले पनि पाण्डेलाई बधाई एवं कार्यकालको शुभकामना दिईन् ।शुक्रबार राति सार्वजनिक मतपरिणाम अनुसार पाण्डे ९ हजार २३३ मतान्तरले निर्वाचित भएका हुन् । पाण्डेले ३५ हजार ५५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका डा. भोजराज अधिकारीले २५ हजार ८२२ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस