चितवन निर्वाचन क्षेत्र नम्बर १ (२) मा नेकपा एसका खनाल विजयी

सफल खबर संवाददाता

विहीबार, ०८ मंसिर २०७९, १७ : ४५
चितवन निर्वाचन क्षेत्र नम्बर १ (२) मा नेकपा एसका खनाल विजयी

चितवन । प्रदेश सभा चितवन निर्वाचन क्षेत्र नम्बर १ (२) मा नेकपा एकीकृत समाजवादिका कृष्ण प्रसाद खनाल विजयी भएका छन् । मंसिर ४ गते सम्पन्न प्रदेश सभा निर्वाचन अन्तर्गत चितवन १ (२) मा नेकपा एमालेका प्रकाश खनाललाई ७ सय ३९ मतले पछि पार्दै खनाल निर्वाचित भएका हुन् ।

चितवन क्षेत्र १ (२) मा ५१ हजार २ सय ८९ मत खसेको थियो । उनि गठबन्धनका तर्फ बाट चितवन निर्वाचन क्षेत्र नम्बर १ (२) मा उमेदवार बनेका थिए ।

प्रतिक्रिया दिनुहोस