एजेन्सी । इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा सोमबार आएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १६२ पुगेको छ । पश्चिमी जाभाका गभर्नर रिद्वान कामिलले स्थानीय सञ्चारमाध्यममा १६२ जनाको मृत्यु र ७०० भन्दा बढी घाइते भएको पुष्टि गरेका छन् ।
सघन जनसंख्या भएको क्षेत्रमा भूकम्प गएकोले मृत्यु हुनेको संख्या बढ्न सक्ने स्थानीय अधिकारीहरुले बताएका छन् । युएसजीएसका अनुसार रिक्टर स्केलमा यस भूकम्पको तीव्रता ५ दशमलव ६ मापन गरिएको छ । भुकम्पको केन्द्रबिन्दु राजधानी जकार्ताबाट १०० किलोमिटर टाढा रहेको सियानजुर रहेको समाचारमा जनाइएको छ ।
ठूलो संख्यामा मानिसहरु अस्पतालमा भर्ना भएका छन् । अस्पतालमा ठाउँको अभाव भइरहेको छ भने धेरैलाई बाहिर राखेर पनि उपचार गरिएको छ । भत्किएका भवनको भग्नावशेषमा अझै धेरै मानिस पुरिएको हुन सक्ने अनुमान गरिएको छ । त्यसैले उद्धारकर्मी राति पनि उद्धारमा खटिएका छन् ।
भूकम्प गएको क्षेत्र पहिरो प्रभावित क्षेत्र भएको र घरको गुणस्तर पनि कमजोर रहेको अधिकारीहरुले बताएका छन् । भुकम्पको धक्काले यी घरहरू भग्नावशेषमा परिणत भएका हुनुपर्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ मंसिर २०७९, १० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानमा भूकम्प : कम्तीमा ३० जना घाइते, एक हप्तासम्म ‘हाई-अलर्ट’मा रहन चेतावनी
जापानमा ७.६ म्याग्निच्युडको भूकम्प
दार्चुलामा भूकम्पको धक्का
क्यानडामा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प
इन्डोनेसियामा ६.६ म्याग्निच्युडको भूकम्प