काठमाडौं । निर्वाचन आयोगले शहरी विकास मन्त्री मेटमणि चौधरीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । निर्वाचन आचार संहिता उल्लंघन गर्दै मतदाता प्रभावित गरेको कसूरमा उनलाई आयोगले जरिवाना गरेको हो । उनले बाढीपीडितलाई चामल बाँडेर मतदाता प्रभावित बनाउन खोजेको आयोगको आरोप छ ।
चौधरीले आफ्नो क्षेत्रमा बाढीपीडितलाई राहत वितरण गर्ने भन्दै मतदाता प्रभावित पारेको आयोगको भनाइ छ । यस्तै, स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङलाई पनि आयोगले पाँच हजार हजार जरिवाना र विभागीय कारवाहीकाे सिफारिस गरेको छ । उनले निर्वाचन आचारसंहिता लागु भएपछि कर्मचारी सरुवा गरेको आयोगको भनाइ छ ।
उनीहरूलाई निर्वाचन आयोग ऐनअनुसार जरिवाना गरिएको निर्वाचन आयोगको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ मंसिर २०७९, १४ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनमा साढे ७ अर्ब खर्च हुने आयोगको अनुमान
दर्ता भएका १२४ दलको सूची सार्वजनिक
दलको संख्या १२४, थप १७ पार्टी दर्ता प्रक्रियामा
राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगको प्रतिवेदन पेस
राजनीतिक दलद्वारा शान्ति सुरक्षा र भयरहित निर्वाचन गर्न निर्वाचन आयोगको ध्यानाकर्षण
दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग