काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नतिजा २२ मंसिरमै राष्ट्रपतिलाई बुझाउने दाबी गरेको छ । निर्वाचनको स्थिर समय (मौन अवधि) सुरु हुनुभन्दा केही घण्टाअघि बिहीबार अपरान्ह आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरेर आयोगले ४ मंसिरमा हुने निर्वाचनको सम्पूर्ण नतिजा तीन हप्ता नपुग्दै २२ मंसिर अघि नै राष्ट्रपतिसमक्ष बुझाउने दाबी गरेको हो ।
४ मंसिरमा हुने निर्वाचनको प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीको मतगणना सकेर २२ मंसिर अघि नै राष्ट्रपतिसमक्ष बुझाउन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।
पत्रकार सम्मेलनमा उनले दुवै निर्वाचन प्रणालीका निर्वाचित उम्मेदवारको नामावली २२ मंसिर अघि नै तयार हुने र राष्ट्रपतिलाई बुझाइनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ मंसिर २०७९, १६ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगले थप्यो दल दर्ताको समय
राष्ट्रिय सभा निर्वाचनमा भाग लिन एमालेले निर्वाचन आयोगमा गरायो दल दर्ता
निर्वाचनमा विद्यालय र बालबालिकाको प्रयोग नगर्न आग्रह
६ लाख २० हजार नयाँ मतदाता थपिए
अब प्रचारमा चुनाव चिह्न अंकित कपडा प्रयोग गर्न नपाइने
नेकपा दर्तासँगै दलको संख्या १२२ मा झर्यो, राष्ट्रिय जेन-जी पार्टीको निवेदन फिर्ता