काठमाडौं । आज सेयर बजारमा केही सुधार देखिएको छ । बिहिबार बजार मापन गर्ने सूचक २५.५७ अंकले बढेर १९३६.८३ बिन्दुमा रोकिएकोे छ ।
आज ४३ लाख ८४ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ७१ करोड रुपैयाँको कारोबार भएको छ ।आज सबैभन्दा बढी कमाउनेमा ५ कम्पनीमा चारवटा हाइड्रोपावर कम्पनी रहेको छ ।
कारोबारमा सबै समूहको उपसूचकमा सुधार देखिएको छ । बैंकिङ समूहको १२.२७, विकास बैंक ६४.९१, वित्त ३७.२५, जलविद्युत ६१.६९, जीवन बीमा ५६.७४, माइक्रोफाइनान्स ३८.४०, उत्पादन तथा प्रशोधन १०२.८९, निर्जीबन बीमा १०२.१७, अन्य समूहको उपसूचक २२.६९ बिन्दुमा रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ मंसिर २०७९, १५ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो
बढ्यो सेयर बजार, करिब ६ अर्बको कारोबार
१२ अंकले घट्यो सेयर बजार
सेयर कारोबार रकममा गिरावट