एजेन्सी । रुसले गत साता डिनिप्रो नदीको पश्चिमी किनारबाट पछि हट्नुअघि मुख्य ऊर्जा पूर्वाधार नष्ट गरेको युक्रेनी राष्ट्रिय ऊर्जा कम्पनी युक्रेनेर्गोले जनाएको छ।
“खेरसन क्षेत्रको सम्पूर्ण दाहिने किनारा र माइकोलाइभ क्षेत्रको एक महत्वपूर्ण भागमा विद्युत् आपूर्ति प्रदान गर्ने ऊर्जा सुविधा व्यावहारिक रूपमा नष्ट भएको छ,“ युक्रेनेर्गोका प्रमुख भोलोडिमिर कुद्रितस्कीले फेसबुकमा एक पोस्टमा भने।उक्त विनाश खेरसोन क्षेत्रको दाहिने किनारबाट भाग्नुअघि कब्जाकर्ताहरूको शक्तिहीन क्रोधको परिणाम भएको उनले बताएका छन्।
‘अधिकांश मुक्त खेरसन क्षेत्र नोभेम्बर ६ देखि बिजुलीविहीन भएको उ कुद्रितस्कीले भने। “हामी जनतालाई जतिसक्दो चाँडो बिजुली आपूर्ति गर्न सक्दो प्रयास गरिरहेका छौं’, उनले थपे।
युक्रेन युद्धमा रुसी सेनाले ठूलो क्षति बेहोरोको विश्लेषण हुन थालेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ कार्तिक २०७९, ०९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निष्कर्ष बिनै टुङ्गियो रुस–युक्रेन वार्ता
रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने
युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति
रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता
युरोपेली संघद्वारा रुसविरुद्ध नयाँ आर्थिक प्रतिबन्ध लागू
भेनेजुयलासँग द्वन्द्व नगर्न रुसको अमेरिकालाई आग्रह