डा. तोसिमाको उम्मेदवारी कायमै : सर्वोच्च अदालत

सफल खबर संवाददाता

मंगलबार, २९ कार्तिक २०७९, ०७ : ५०
डा. तोसिमाको उम्मेदवारी कायमै : सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले ललितपुर क्षेत्र नम्बर ३ की उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारीसम्बन्धी विवादमा यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

निर्वाचन आयोगले अदालतको आदेशप्रति चित्त नबुझाएर भ्याकेट निवेदन लिएर गएकामा अदालतले यसअघि कै अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश दिएको हो । 

राष्ट्रिय स्वतन्त्र पार्टीकी उनी मेडिकल काउन्सिलको निर्वाचित सदस्य पदमा रहेको र सो लाभको पद रहेको दाबी गर्दै आयोगले उम्मेदवारी खारेज गरिदिएको थियो । तर, यसविरुद्ध तोसिमाले रिट दायर गरेकामा  न्यायाधीश कुमार चुडालको एकल इजलासले अन्तरिम आदेशमार्फत यथावत् राखेको थियो । 

त्यसविरुद्ध आयोगले दिएको भ्याकेट निवेदन सोमबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा सुनुवाइ भएको हो ।

प्रतिक्रिया दिनुहोस