काठमाडौं । धारिलो हतियार प्रयोग गरी आफ्नै मामाको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका वडा नं ८ बस्ने २२ वर्षीय सुजन पाचकोटी रहेका छन् ।
गत मंसिर २७ गते कल्पना पाचकोटीको घरमा पाहुना आएका जिल्ला मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं. १ बस्ने वर्ष ४२ को काजी मोहरालाई घरायसी विवाद हुँदा उनको भान्जा सुजनले धारिलो हतियार (दाउ) ले टाउकोमा प्रहार गरी घाइते बनाएका थिए ।
मदन भण्डारी अस्पताल तथा ट्रमा सेण्टर मंगलबारे उर्लाबारीमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको थियो । घटनामा संलग्न सुजनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान भई रहेको प्रवक्ता एवं सूचना अधिकारी दीपक श्रेष्ठले जानकारी दिए
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ कार्तिक २०७९, १० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धारिलो हतियार प्रहार गरी दाजुले गरे भाइको हत्या
१३ वर्षीया किशोरीको हत्या आरोपमा एकजना पक्राउ
धनुषामा गोली प्रहारबाट वडाअध्यक्षको हत्या, प्रहरी जवान पक्राउ
जबरस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या
पाँचथरमा छोराद्वारा बाबुको हत्या
गुल्मीमा छोराले गरे बुवाको हत्या, आमामाथि पनि आक्रमण