काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात सय ५३ वटै स्थानीय तहलाई परिपत्र गरी आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि भवन, परिसर र भौतिक संरचना उपलब्ध गराउन अनुरोध गरेको छ । मन्त्रालयले शुक्रबार सबै स्थानीय तहलाई परिपत्र गरेर चुनावका लागि आवश्यक भवन, परिसर र भौतिक संरचनाको व्यवस्था गर्न भनेको मन्त्रालयका शाखा अधिकृत चिरञ्जीवी नेपालले जानकारी दिए ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सात सय ५३ वटै स्थानीय तहको भवन, परिसर र भौतिक संरचना आवश्यक भएकाले व्यवस्था गरिदिन निर्वाचन आयोगले मन्त्रालयलाई पत्राचार गरेको थियो । मन्त्रालयले परिपत्रसाथ आवश्यक कारबाही गर्न पनि सबै स्थानीय तहलाई आग्रह गरेको छ । आयोगले प्रत्येक निर्वाचनमा स्थानीय तहसँगको समन्वयमा भवन, परिसर र भौतिक संरचनाको व्यवस्थापन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २७ कार्तिक २०७९, १६ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगामी चुनावका लागि मतदाता नामावली छपाई सुरु
निर्वाचन आयोगले दुःख दियो : रवीन्द्र मिश्र
समानुपातिकको बन्द सूचीमा २२ दलले मात्रै दिए ११० स्थानमा उम्मेदवारी
निर्वाचन आयोगमा काँग्रेसले बुझायो बन्द सूची
७ वटा दलले बुझाए समानुपातिकको सूची
समानुपातिक उम्मेदवारको बन्द सूची समयमै बुझाउन दलहरूलाई निर्वाचन आयोगको अनुरोध