काठमाडौं । अर्थविद् डा.स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा आगामी चुनावपछि प्रधानमन्त्री बन्ने दावी गरेका छन् । आज शनिबार काठमाडौं क्षेत्र नम्बर ४ मा भएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । कांग्रेसको निकट भएर चुनावी प्रचारमा जुट्नुभएका अर्थविद् वाग्लेले मुलुकको प्रधानमन्त्री बन्नका लागि थापा सक्षम र तयार रहेको पनि पटक-पटक दोहोर्याए ।
महामन्त्री थापालाई प्रधानमन्त्री बनाउनका लागि जिताएर पठाउन समेत उनले स्थानीय मतदातालाई आह्वान गरे । उनले थापासँग प्रधानमन्त्री बन्ने भिजन र सोही अनुसारको आफूहरु जस्ता विज्ञहरुको टिम रहेको समेत खुलासा गरे। उनले महामन्त्री थापाले नयाँ पुस्ता नआई मुलुकलाई समुन्नत बनाउन सक्ने अवस्था नभएको कुरालाई सबैले मनन गरेर अघि बढनुपर्ने समेत बताए ।
युवा पुस्ताको परिचालन गरेर मुलुकलाई समृद्ध बनाउन सकिने उनले बताए । मुलुकपछि पर्नुमा राजनीति नै जिम्मेवार रहेको उल्लेख गर्दै त्यसलाई सुधार गर्दै लैजान पनि नयाँ पुस्ताले त्यसको नेतृत्व लिनुको विकल्प नरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ कार्तिक २०७९, १४ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सांसदको काम थिति बसाल्ने हो: स्वर्णिम वाग्ले
जेनजी आन्दोलनका उपलब्धिलाई संस्थागत गरेर अघि बढ्नुपर्छ : स्वर्णिम वाग्ले
साइबर ब्युरोमा उजुरी दिँदै स्वर्णिम वाग्ले
नयाँ स्टक एक्सचेन्ज ‘नीतिगत कब्जा र नाङ्गो भ्रष्टाचारको खेल’ : स्वर्णिम वाग्ले