काठमाडौं । अर्थविद् डा.स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा आगामी चुनावपछि प्रधानमन्त्री बन्ने दावी गरेका छन् । आज शनिबार काठमाडौं क्षेत्र नम्बर ४ मा भएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । कांग्रेसको निकट भएर चुनावी प्रचारमा जुट्नुभएका अर्थविद् वाग्लेले मुलुकको प्रधानमन्त्री बन्नका लागि थापा सक्षम र तयार रहेको पनि पटक-पटक दोहोर्याए ।
महामन्त्री थापालाई प्रधानमन्त्री बनाउनका लागि जिताएर पठाउन समेत उनले स्थानीय मतदातालाई आह्वान गरे । उनले थापासँग प्रधानमन्त्री बन्ने भिजन र सोही अनुसारको आफूहरु जस्ता विज्ञहरुको टिम रहेको समेत खुलासा गरे। उनले महामन्त्री थापाले नयाँ पुस्ता नआई मुलुकलाई समुन्नत बनाउन सक्ने अवस्था नभएको कुरालाई सबैले मनन गरेर अघि बढनुपर्ने समेत बताए ।
युवा पुस्ताको परिचालन गरेर मुलुकलाई समृद्ध बनाउन सकिने उनले बताए । मुलुकपछि पर्नुमा राजनीति नै जिम्मेवार रहेको उल्लेख गर्दै त्यसलाई सुधार गर्दै लैजान पनि नयाँ पुस्ताले त्यसको नेतृत्व लिनुको विकल्प नरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ कार्तिक २०७९, १४ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशमा दोहन र लुटतन्त्रका प्रतिवेदनहरू हेर्दा आङ नै सिरिङ्ग हुन्छः वाग्ले
वाचापत्र दोहोर्याएर पढ्न नवनिर्वाचित सांसदहरूलाई डा. स्वर्णिम वाग्लेको आग्रह
स्वर्णिम वाग्लेको चुनाव खर्च २६ लाख ९० हजार
तनहुँ–१ मा स्वर्णिम वाग्ले अगाडि
बालेन्द्र शाह अब रास्वपा नेता : स्वर्णिम वाग्ले
संसद्को वैधता सकिएकोले पुनर्स्थापना हुँदैन : स्वर्णिम वाग्ले