गठबन्धनले जनतालाई समृद्ध बनाउँछ : ओनसरी घर्ती

सफल खबर संवाददाता

शुक्रबार, २५ कार्तिक २०७९, १८ : ४३
गठबन्धनले जनतालाई समृद्ध बनाउँछ : ओनसरी घर्ती

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्तीले गठबन्धनले जनतालाई समृद्ध बनाउने बताएकी छन ।शुक्रबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को घरदैलो कार्यक्रममा बोल्दै नेतृ घर्तीले गठबन्धनले जनताका आधारभूत विषयलाई सहज बनाउने, देश परिर्वतन र जनतालाई समृद्धि बनाउने एजेण्डा लिएर आएकाले गठबन्धनको जित सुनिश्चित रहेको बताइन ।

उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनको जित सुनिश्चित रहेको भन्दै मंसिर ४ गतेको औपचारिक घोषणा हुन मात्रै बाँकी रहेको दाबी गरिन् । उनले अहिले देशले समृद्धि,शान्ति, स्थिर सरकार, संविधान र अहिलेको व्यवस्थाको रक्षा खोजेको भन्दै त्यो गठबन्धले मात्रै पूरा गर्नसक्ने बताइन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बहुमतको सरकार फुटाएर तथा दुई पटक संसद विघटन गरेकाले गठबन्धन गर्ने बाध्यता भएको पनि बताइन । घर्तीले अहिलेको गठबन्धन प्रतिगमनको विरुद्धमा लागेकाले अहिलको व्यवस्था जोगाउन जनताले गठबन्धनलाई जिताउनुपर्ने आवश्यक्त रहेको बताइन ।

काठमाडौं क्षेत्र नम्बर २ का मतदाताहरु भने राजनीतिक दलहरुले गत ५ वर्षमा गरेको कामबाट सन्तुष्ट छैनन् । काठमाडौं क्षेत्र नम्बर २ का जनताले स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधार गर्न आग्रह गरेका छन् । उनीहरुले खानेपानीको समस्या बढी रहेको भन्दै खानेपानी समस्या समाधान गर्नेलाई भोट दिने बताए ।

प्रतिक्रिया दिनुहोस