संविधानको रक्षाका लागि गठबन्धनलाई बलियो बनाउनुपर्छ : बाबुराम भट्टराई

सफल खबर संवाददाता

शुक्रबार, २५ कार्तिक २०७९, १४ : ५९
संविधानको रक्षाका लागि गठबन्धनलाई बलियो बनाउनुपर्छ : बाबुराम भट्टराई

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधानको रक्षाका लागि गठबन्धनलाई बलियो बनाउनुपर्ने बताएका छन् 

लोकतान्त्रिक–वाम गठबन्धन काठमाडौँ क्षेत्र नं १ को घरदैलो कार्यक्रममा आज सहभागी हुनुभएका नेता भट्टराईले संविधानको रक्षा र देश विकासका लागि गठबन्धनका उम्मेदवारको जित आवश्यक रहेको बताए ।

“देश विकासका लागि सही र सक्षम नेता गठबन्धनभित्र हुनुहुन्छ, संविधान र मुलुकको विकासका लागि काठमाडौँका जनताले गठबन्धनका उम्मेदवारलाई विजयी गराउने विश्वास मैले लिएको छु”, उनले भने ।

पूर्वप्रधानमन्त्री डा भट्टराईले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि नै प्रहार भएकाले गठबन्धन निर्माण गर्नुपरेको बताए । गठबन्धनलाई बलियो बनाएमात्र संविधानको रक्षा, सुशासन र राजनीतिक स्थिरता हुनसक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस