दार्चुला । दार्चुलामा नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ। जिल्लाको अपिहिमाल गाउँपालिका-५ ओखलमा चुनावी प्रचारप्रसारका क्रममा झडप हुँदा ४ जना घाइते भएका छन्।
गठबन्धनका कार्यकर्ताले नेकपा एमालेका प्रदेश सभा क्षेत्र नम्बर २ का उम्मेदवार राम दत्त जोशीको टोलीलाई आफ्नो क्षेत्रमा प्रचार गर्न अवरोध गरेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
झडपमा परी गठबन्धनका कार्यकर्ता अपिहिमाल गाउँपालिका-६ का जहेन्द्र धामी, सोही ठाउँका जगत धामी र एमालेका कार्यकर्ता मार्मा गाउँपालिका-३ का वीरेन्द्र विष्ट र शैल्यशिखर नगरपालिका-९ का सुरेश बादी घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेहरुको लटिनाथ अस्पतालमा उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ कार्तिक २०७९, २१ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
विद्या भण्डारीलाई एमाले इन्ट्री ‘झन्’ सकस !
एमाले महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित : जेनजीका माग पूरा गर्ने प्रतिबद्धता
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी