दार्चुला । दार्चुलामा नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ। जिल्लाको अपिहिमाल गाउँपालिका-५ ओखलमा चुनावी प्रचारप्रसारका क्रममा झडप हुँदा ४ जना घाइते भएका छन्।
गठबन्धनका कार्यकर्ताले नेकपा एमालेका प्रदेश सभा क्षेत्र नम्बर २ का उम्मेदवार राम दत्त जोशीको टोलीलाई आफ्नो क्षेत्रमा प्रचार गर्न अवरोध गरेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
झडपमा परी गठबन्धनका कार्यकर्ता अपिहिमाल गाउँपालिका-६ का जहेन्द्र धामी, सोही ठाउँका जगत धामी र एमालेका कार्यकर्ता मार्मा गाउँपालिका-३ का वीरेन्द्र विष्ट र शैल्यशिखर नगरपालिका-९ का सुरेश बादी घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेहरुको लटिनाथ अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ कार्तिक २०७९, २१ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह