काठमाडौं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरी सेवाबाट हालै सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय रवीन्द्रबहादुर धानुक र अरूणकुमार बिसीलाई बिहीवार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच बिदाइ गरेका छन् ।
सो क्रममा प्रहरी महानिरीक्षक सिंहले आफ्नो अविछिन्न लामो सेवाद्वारा नागरिक र संगठनको श्रीवृद्धिमा गरेको योगदानको प्रशंसा गरे । उनले अवकाशपछिको व्यावसायिक एवं पारिवारिक जीवन सुखमय होस् भनी शुभकामना दिए ।
उनले सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षकबाट आगामी दिनमा संगठनको व्यावसायिकताका लागि आवश्यक सल्लाह, सुझाव एवं सहकार्य निरन्तर प्राप्त हुने विश्वास व्यक्त गरे ।
सो अवसरमा प्रहरी महानिरीक्षक सिंहले सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय धानुक र बिसीलाई मायाको चिनो प्रदान गरे ।कार्यक्रममा सेवानिवृत्त प्रहरी अतिरिक्त महानिरीक्षकद्वयले आफ्नो सेवा अवधिमा गरेका अनुभवबारे जानकारी गराएका थिए ।
सेवा अवधिभर संगठनले सुम्पिएको जिम्मेवारीमा केन्द्रित भई काम गरेको उल्लेख गर्दै उनीहरूले आगामी दिनमा संगठनको श्रीवृद्धिका लागि रचनात्मक सहयोग गर्न आफूहरू तयार रहेको प्रतिबद्धता जनाएका छन् ।
उनीहरू २०४९ चैत्र ११ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका थिए । दुवै प्रहरी अतिरिक्त महानिरीक्षकहरू प्रहरी नियमावली २०७१ बमोजिम ५६ वर्ष उमेरहदका कारण अवकाश भएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ कार्तिक २०७९, १९ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीका ११ जना एसएसपीको डीआईजीमा बढुवा
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान
६३ एसपीहरूको सरुवा (सूचीसहित)
७५ जना सई वरिष्ठ सईमा बढुवा सिफारिस (सूचीसहित)
१४४ जना प्रहरी हवलदार पदमा बढुवा सिफारिस (सूचीसहित)
भीआईपीका पीएसओका कारण इन्स्पेक्टर बढुवा अलपत्र