सल्यान । सल्यानको वनगाड कुपिण्डे नगरपालिका –१० रजेखोलामा ट्याक्टर दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घाइते हुनेमा बनगाड कुपिण्डे–१० थापाचौरका १६ वर्षीय तिलक बुढा, १८ वर्षीय भुपाल बुढा, १४ वर्षीय गोपाल पुन, १६ वर्षीय सुमन पुन, १७ वर्षीय जिमबहादुर बुढा, १७ वर्षीय कुलविर पुन, २१ वर्षीय झुपलाल घर्ती र २१ वर्षीय नन्दलाल घर्ती रहेका छन् ।
चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालका अनुसार घाइते ८ जनालाई उपचारको लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । ‘रजेखोलाबाट बालुवालोड गरेर थापाचौर जाँदै गरेको रा १ त १६९० नम्बरको ट्याक्टर सडकदेखि झन्डै ५० मिटर तल खसेको छ,’उनले भने । ट्याक्टर चालक फरार रहेको र खोजीकार्य भइरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ कार्तिक २०७९, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दैलेखमा ट्याक्टर दुर्घटना: चालकको मृत्यु, सहचालक घाइते
कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु
मलेखुमा ट्याक्टर दुर्घटना हुँदा दुई युवकको मृत्यु, दुई जना घाइते
हुम्लामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ जना घाइते
सेती नदीमा ट्याक्टर दुर्घटना, २ जना बेपत्ता
ट्याक्टर दुर्घटना हुँदा ५ जना घाइते