आमा बनिन् बलिउड अभिनेत्री आलिया भट्ट

सफल खबर संवाददाता

आइतबार, २० कार्तिक २०७९, १३ : २९
आमा बनिन् बलिउड अभिनेत्री आलिया भट्ट

ऐजेन्सी । बलिउड जोडी आलिया भट्ट र रणवीर कपुरलाई पुत्रीलाभ भएको छ। आइतबार मुम्बईको गिरगाउँस्थित एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा आलियाको डेलिभरी भएको हो।

गएको अप्रिल १४ मा विवाह बन्धनमा बाँधिएका यी बलिउड जोडीले छोरीलाई स्वागत गरेका छन्। गएको जुनमा आलियाले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा रणबीरसँगेको तस्वीर पोस्ट गर्दै आफू गर्भवती भएको जनाकारी गराएकी थिइन्।

प्रतिक्रिया दिनुहोस