झापा । मंसिर ४ मा हुने चुनाव खारेजी गर्न माग गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मशाल जुलुस गरेको छ।
झापाको बिर्तामोडमा शनिबार उक्त पार्टीका नेता तथा कार्यकर्ताले चुनाव खारेजी माग गर्दै जुलुस गरेका हुन्।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित तीन कम्युनिष्ट पार्टीले चुनाव बहिकार गर्दै खारेजीको माग गर्ने केही दिनअघि निर्णय गरेका थिए।
झापामा भएको मसाल जुलुसपछिको कोणसभामा बोल्दै वैकल्पिक केन्द्रीय सदस्य प्रशान्त थापाले मंसिर ४ को चुनाव जनता र देशको हितमा नभएकोले बहिष्कार गर्नुपर्ने बताए।
सरकारले भने निर्वाचन बिथोल्न खोज्नेमाथि निगरानी गरिएको जनाएको छ। गृहमन्त्री बालकृष्ण खाणले चुनाव बिथोल्न खोजिएमा सरकारले कडा कदम चाल्ने बताइरहेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० कार्तिक २०७९, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न विप्लव तयार
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह
प्रचण्डलाई चुनावमा घेराबन्दी गर्ने विप्लव-जनार्दनको योजना
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर