काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि संघ र सातै प्रदेशमा पाँच दलीय गठबन्धनले सरकार बनाउने बताएका छन् ।
लामो संघर्षपश्चात् प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई थप मजबुत बनाउँदै नागरिकको अवस्था परिवर्तन गर्न पाँच दलीय गठबन्धन बनेको र यसको जीत अत्यावश्यक रहेको औल्याउँदै खाणले सबै प्रदेश र संघमा बहुमत ल्याएर गठबन्धनले सरकार बनाउने बताए ।
शनिवार भैरहवामा नेकपा माओवादी केन्द्रले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा बोल्दै रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारसमेत रहेका गृहमन्त्री खाणले भने, ‘धेरै स्थानीय तहमा गठबन्धनको सरकार बनेको छ, अब सात प्रदेश र संघमा पनि गठबन्धनले बहुमत ल्याउँछ र सरकार बनाउँछ । देश विकास गर्छ, समृद्धि हासिल गर्छ । जनजीविकामा परिवर्तन ल्याउँछ ।’
एमाले नेतृत्वमा बनेको चुनावी गठबन्धन पश्चगामी रहेको बताउँदै यो गठबन्धनले जितेमा प्राप्त उपलब्धी उल्टिन सक्नेतर्फ सचेत हुनुुपर्ने उनले बताए । ‘यस निर्वाचनमा मैले चुनाव जित्छु की हार्छु भन्ने भन्दा पाँच दलीय गठबन्धनका शीर्ष नेताले जित्नुहुन्छ कि नाई रु भन्ने सवाल महत्वपूर्ण छ’, खाँणले भने, ‘नेपाली कांग्रेससहितका पाँच दलीय गठबन्धन सत्तामा पुगेर मन्त्री–प्रधानमन्त्री बन्नका लागि मात्र होइन, यो मुलुकको सुन्दर र उज्यालो भविष्य निर्माणका लागि हो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ कार्तिक २०७९, १८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्रीले पिर्के सलामी नलिने
चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ
गृहमन्त्री गुरुङ मध्यरातमा प्रहरी शिक्षालयको निरीक्षणमा पुग्दा...
गृहमन्त्री सुधन गुरुङद्वारा चितवनको पहिरोबाट प्रभावित सडक क्षेत्रको अवलोकन
गृहमन्त्री गुरुङले गरे विमानस्थल विपद् उद्धार गणको आकस्मिक अनुगमन
गृहमन्त्रीद्वारा जेन–जी शहीदको सम्झनामा दीप प्रज्वलन