धनगढी। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धनगढी पुगेका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्न दार्चुला जाने क्रममा बिहीबार उनी धनगढी पुगेका हुन् ।
अध्यक्ष ओली भोली दार्चुलामा आयोजना हुने चुनावि सभालाई सम्बोधन गर्न दार्चुला जाने कार्यक्रम रहेको एमाले प्रदेश कमिटि सचिव धर्मराज पाठकले बताए ।
ओलीले आफू प्रधानमन्त्री हुँदा चुच्चे नक्सा समेटिएको ठाउँबाट चुनावी अभियान थालेको छ । ‘एमाले सरकारकै पालामा भारतले कब्जा गरेको भूमि नेपाली नक्सामा राखिएको थियो,’ प्रदेश सचिव पाठकले भने ‘त्यो हाम्रो ठूलो उपलब्धी पनि हो । त्यसैले चुनावि अभियान पनि दार्चुलाबाटै सुरु गरी हाम्रो भूमि आम्रै अधिकारमा ल्याउन पहल गरिने सन्देश दिइने छ ।’
दार्चुला सदरमुकाम खलंगामा भोली आज बिहान ११ बजे अध्यक्ष ओलीले सम्बोधन गर्ने छन् । आज नै ओलीले २ बजे बैतडी र ४ बजे कञ्चनपुरमा आयोजना हुने सभामा पनि सम्बोधन गर्ने कार्यतालिका रहेको सचिव पाठकले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ कार्तिक २०७९, १९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप
ओलीसँग अस्पतालमै बयान लिइँदै, २ दिन थुनामा राख्ने अनुमति
ओलीलाई पनि छोड्न सर्वोच्चद्वारा अस्वीकार, कारण देखाऊ आदेश जारी
ओलीको रिटमा सोमबार सुनुवाइ हुने
ओली र लेखकलाई आज अदालतमा उपस्थित गराइँदै