काठमाडौँ । ट्राफिक प्रहरीले एकै दिन दुई हजार ४५८ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा कारबाही गरेको छ । यसबाट राज्यकोषमा १९ लाख ६० हजार ५०२ रुपैयाँ राजस्व दाखिला भएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको १५५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ८७, सङ्केत बत्ती उल्लङ्घनकर्ता १२४ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १५७ जनालाई कारबाही गरिएको हो ।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ८०, निषेधित क्षेत्रमा हर्न बजाउने १०८, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने ९८, सवारीसाधनको अवस्था परीक्षण नगरी सडकमा सवारी निकाल्ने २२ र अन्य सवारी नियम पालना नगरेका एक हजार ६२७ जनालाई कारबाही गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ असार २०८३, १० : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाखभन्दा बढी राजस्व संकलन
ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ७७ हजार राजस्व सङ्कलन
ट्राफिक प्रहरीबाट एकै दिन साढे १० लाख राजस्व संकलन
ट्राफिक कारबाहीबाट १८ लाख ८१ हजार राजस्व संकलन
ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व सङ्कलन
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन