काठमाडाैँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देशले नेपाली समाजको आवश्यकता, अपेक्षा र नेपालको संविधान र परिवर्तन निर्देशअनुसार गुणात्मक फड्को मार्न नसकेको बताएका छन्।
बिहीबार काठमाडौँमा भएको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरूको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रम समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले राजनीतिक परिवर्तनलाई राजनीतिक परिवर्तनमा मात्रै सीमित नराखेर सामाजिक, आर्थिक रूपान्तरणको क्षेत्रमा विस्तारित गर्ने, साामाजिक न्यासहितको समृद्ध मुलुक बनाउने र आम जनतालाई समृद्ध बनाउनेगरी काम गर्न आवश्यक रहेको बताए।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने, ‘राजनीतिक परिवर्तनलाई राजनीतिक परिवर्तनमा मात्रै सीमित नराखेर यसलाई सामाजिक, आर्थिक रूपान्तरणको क्षेत्रमा विस्तारित गर्ने, साामाजिक न्यासहितको समृद्ध मुलुक बनाउने गरी काम गर्नुपर्ने आवश्यकता छ। यसबीचमा राजनीतिक परिवर्तनलाई नै हामीले जोगाउन संघर्ष गर्नुपरेको थियो भने समृद्धिको दिशामा पनि हामीले केही मात्रामा काम गरेका छौँ। तर, नेपाली समाजको आवश्यकता, अपेक्षा र नेपालको संविधान र परिवर्तन निर्देशअनुसार गुणात्मक फड्को मार्न सकिएको छैन। आजको मुख्य कार्यभार समृद्धिको दिशामा फड्को मार्नु नै हो। हामीले गुणात्मक हस्तक्षेप त्यस दिशामा गर्नुपर्छ र जनतालाई राजनीतिक परिवर्तनबाट हाम्रो जीवन फेरिने गरी यत्ति प्राप्त भयो भनेर दिनुपर्छ। त्यसको निम्ति यो गठबन्धनले आफूलाई यो कार्यभार पूरा गर्नेगरी तयार गर्नुपर्छ। गोरखालाई यो नेतृत्व पूरा गर्ने अवसर प्राप्त छ।’
उनले शान्ति प्रक्रियाको बाँकी कार्यभार पूरा गर्न बाँकी रहेको उल्लेख गर्दै राजनीतिक प्रक्रिया पूरा गरे पनि द्वन्द्वपीडितलाई न्याय दिने, राष्ट्रिय मेलमिलाप कायम गर्न ठोस भूमिका खेल्ने र दिगो शान्तिको स्थापनाको काम बाँकी रहेको पनि बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ कार्तिक २०७९, १२ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘ट्रेड युनियन अधिकार सीमित गर्ने प्रयास अस्वीकार्य’ :नारायणकाजी श्रेष्ठ
स्वार्थबाट माथि उठेर कम्युनिस्ट शक्तिहरू एकताबद्ध बन्न नारायणकाजी श्रेष्ठको आह्वान
निर्वाचन परिणामपछि आत्मसमीक्षा गर्दै पार्टी पुनर्गठन गर्न नारायणकाजी श्रेष्ठको प्रस्ताव
‘निर्वाचनको परिणामले राष्ट्रिय दिशा तय गर्नेछ’ : नारायणकाजी श्रेष्ठ
राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठद्वारा पदबाट राजीनामा
जेन जेड विद्रोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले अझै चेतेनन् : नारायणकाजी श्रेष्ठ