रुपन्देही । रुपन्देहीमा १८ र १९ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा सैनामैना नगरपालिकाका तीन जनालाई पक्राउ परेका छन्।
सैनामैना-११ बनकट्टी बस्ने १९ वर्षीय पदम कार्कीसहित १५ वर्षे दुईजना किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रुपन्देहीका प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले पक्राउ परेका आरोपीले घटनामा संलग्न थप तीन जनाको नाम बताएका छन् ।
उनीहरूको खोजी तीव्र पारिएको डीएसपी पौडेलले बताए। पीडित किशोरीहरू र पक्राउ परेका आरोपीहरू चिनजानको साथी रहेको खुलेको प्रहरीले जनाएको छ । कञ्चन गाउँपालिका-२ गोफ्लापुरमा दुवै किशोरीलाई गएराति करिब २ बजेतिर उनीहरूले जबरजस्ती करणी गरेको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ कार्तिक २०७९, ०७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महिलालाई बलात्कार गरेको आरोपमा रास्वपाका नेता पक्राउ
१३ वर्षीय किशोरीमाथि बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ
किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ
भारतीय क्रिकेटर यश दयालविरुद्ध बलात्कार आरोप
पर्वतमा दुईजना बालिकालाई बलात्कार गरेको आरोपमा दुई युवक पक्राउ
किशोरी बलात्कार आरोपमा युवक पक्राउ