काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फको मतपत्र सम्पूर्ण जिल्लामा पुर्याएको छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा मतपत्र पुर्याइएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
यस्तै निर्वाचनका लागि चाहिने ६० प्रकारका निर्वाचन सामग्रीहरू ६५ जिल्लामा पुर्याइएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फको मतपत्र छपाइको काम ६० प्रतिशत सकिएको अर्यालले बताए । छापिएको मतपत्र ढुवानीको काम पनि सुरु गर्न लागिएको छ ।
आयोगले छिट्टै जिल्ला निर्वाचन कार्यालयमा मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम कार्यक्रम पनि सुरु गर्न लागेको छ । तालिमपछि निर्वाचन अधिकृतलाई मतदान सामग्रीहरु बुझाएर मतदान केन्द्रमा पठाउने काम हुनेछ ।
बिस्तारै निर्वाचनको चाप केन्द्रबाट जिल्ला निर्वाचन कार्यालयमा सरेको सहप्रवक्ता अर्यालले बताए । मतपत्र रुजु गर्ने, मतदान केन्द्र अनुसार मतपत्र भाग लगाउने र त्यसलाई लाहछाप लगाएर सिलबन्दी गरेर राख्ने काम सुरु हुँदैछ ।
कार्तिक १८ गतेदेखि औपचारिक रुपमा निर्वाचन प्रचार प्रसारको काम सुरु हुने त्यसपछि आयोगले आचार संहिता उल्लंघनका घटनाको पनि अनुगमन गर्ने तयारी गरेको छ । यसका लागि निर्वाचन अधिकृतको कार्यालय, जिल्ला स्थित आचार संहिता अनुगमन संयन्त्र र आयोगले केन्द्रबाट पनि आचार संहिता पालनाको अवस्थाको अनुगमन गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ कार्तिक २०७९, १२ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने
उम्मेदवारलाई चुनावी खर्च सार्वजनिक गर्न निर्वाचन आयोगको आग्रह
निर्वाचन आयोगद्वारा मातृका यादवलाई निर्वाचित भएको घोषणा
निर्वाचनसम्बन्धी विशेष इकाइहरू बन्द
समानुपातिक सांसदलाई चैत पहिलो साताभित्र प्रमाणपत्र दिने आयोगको तयारी
निर्वाचन आयोगले भन्यो : ‘फागुन २७ गते बिहानसम्म सबै मतगणना भइसक्छ’