अमेरिकी राजदूत थम्पसनले भेटे प्रचण्डलाई

सफल खबर संवाददाता

मंगलबार, १५ कार्तिक २०७९, १० : ४९
अमेरिकी राजदूत थम्पसनले भेटे प्रचण्डलाई

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन आर. थम्पसनले भेटेका छन् ।

अध्यक्ष प्रचण्डको निवास खुमलटारमा आज बिहान थम्पसनले शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटका क्रममा वर्षौदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकासका बारेमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

भेटमा प्रचण्डले नेपालको विकासमा अमेरिका र अमेरिकी जनताले गर्दै आएको सहयोग र खेलेको भूमिका सह्रानीय भएको बताएका थिए । राजदूत आर.थम्पसनले प्राकृतिक र सांस्कृतिक विविधताले भरिएको सुन्दर मुलुकमा आउँदा खुसी लागेको बताएका छन् । उनले नेपालको दिगो र समावेशी आर्थिक विकास लक्ष्य हासिल गर्न आफूहरूको सहयोग निरन्तर रहने विश्वास दिलाए ।

प्रतिक्रिया दिनुहोस