काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालनको तयारी गरेको छ ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले १८ कात्तिकबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने बताए । आयोगका अनुसार मतदाता शिक्षाका लागि सामग्री जिल्ला पुगिसकेकाले अब कार्यक्रम सञ्चालन हुने भएको हो । मतदाता शिक्षा कार्यक्रम १ करोड ८० लाख मतदातासमक्ष पुर्याउन प्रत्येक वडामा एउटा स्वयंसेवक परिचालन गरिने भएको छ ।
एउटा स्वयंसेवकले १५ जनाको समूहमा दुईटा ब्रोसरबाट मतदान गर्ने, मतपत्र मतपेटिकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्ने लगायत विषयमा जानकारी दिनेछन् । आयोगले स्वयंसेवक छनोट गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ कार्तिक २०७९, १० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने
उम्मेदवारलाई चुनावी खर्च सार्वजनिक गर्न निर्वाचन आयोगको आग्रह
निर्वाचन आयोगद्वारा मातृका यादवलाई निर्वाचित भएको घोषणा