काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालनको तयारी गरेको छ ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले १८ कात्तिकबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने बताए । आयोगका अनुसार मतदाता शिक्षाका लागि सामग्री जिल्ला पुगिसकेकाले अब कार्यक्रम सञ्चालन हुने भएको हो । मतदाता शिक्षा कार्यक्रम १ करोड ८० लाख मतदातासमक्ष पुर्याउन प्रत्येक वडामा एउटा स्वयंसेवक परिचालन गरिने भएको छ ।
एउटा स्वयंसेवकले १५ जनाको समूहमा दुईटा ब्रोसरबाट मतदान गर्ने, मतपत्र मतपेटिकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्ने लगायत विषयमा जानकारी दिनेछन् । आयोगले स्वयंसेवक छनोट गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ कार्तिक २०७९, १० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बन्द सूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्को थप्न समय दिइने
आगामी चुनावका लागि मतदाता नामावली छपाई सुरु
निर्वाचन आयोगले दुःख दियो : रवीन्द्र मिश्र
समानुपातिकको बन्द सूचीमा २२ दलले मात्रै दिए ११० स्थानमा उम्मेदवारी
निर्वाचन आयोगमा काँग्रेसले बुझायो बन्द सूची
७ वटा दलले बुझाए समानुपातिकको सूची