काठमाडौं । सप्तरीमा नेकपा एकीकृत समाजवादीका जिल्ला नेतालगायत जनता समाजवादी नेपाल (जसपा)मा प्रवेश गरेका छन् । पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले एकीकृत समाजवादीका जिल्ला सदस्य सूर्यनारायण ठाकुरलगायतका नवप्रवेशीहरुलाई टिका लगाएर स्वागत गरेका हुन् ।
सप्तरीको महदेवा गाउँपालिकामा घरदैलोका क्रममा अध्यक्ष यादवले स्थानीय अरबिन्द साह, कृष्णदेव यादव, देब नारायण ठाकुर, सुनिता कुमारी ठाकुर लगायतका व्यक्तिहरुलाइपनि पार्टीमा गरेको विद्यार्थी नेता श्यामकुमार यादवले जानकारी दिएका छन् ।
कार्यक्रममा जसपाका प्रदेश सचिव युसुफ अली, केन्द्रीय सदस्य विकास कुमार तिवारी, महादेवा गाउँपालिकाका निर्वतमान अध्यक्ष दिपक कुमार यादव (टुटु बाबु), विद्यार्थी केन्द्रीय उपाध्यक्ष भोगेन्द्र यादव, महदेवा गाउँपालिका कमिटी अध्यक्ष अशोक कुमार यादव, नेता दिप नारायण यादव लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ कार्तिक २०७९, १९ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालको कोशी र मधेश प्रदेश समितिमा नयाँ नेतृत्व
उपेन्द्र नेतृत्वको जसपाले विचार मिल्ने दलसँग एकता र जेनजीसँग सहकार्य गर्ने
यथास्थितिमा हुने निर्वाचनले जेन जेडको मागको सम्बोधन नगर्ने भन्दै संविधान पुनर्लेखन गर्न जसपाको माग
प्रधानमन्त्रीलाई जसपाको तीन दिने अल्टिमेटम, मन्त्री नफेरे आफै फिर्ता बोलाउने चेतावनी
आजबाट देशभर सहर केन्द्रित आन्दोलनमा जसपा
जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता