झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका लागि भोट मागेका छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा ३ बाट उम्मेदवारी दिएका लिङ्देनका लागि ओलीले भोट मागेका हुन् । शुक्रबार झापा–३ मा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले लिङ्देनका लागि भोट मागेका हुन् ।
उनले एमालेको इज्जतका लागि भए पनि झापा ३ बाट लिङ्देनलाई विजयी गराउनुपर्ने बताए । देशद्रोहीलाई रोक्न हलोमा भोट हाल्न पर्ने बताएका ओलीले विशेषगरी सत्तारुढ गठबन्धनका उम्मेदवारलाई पराजित गर्नुपर्ने बताए ।
आफ्ना नेता कार्यकर्तालाई एमालेले समर्थन गरेका उम्मेदवारलाई जिताउनुपर्ने भन्दै भोट दिन निर्देशन दिएका उनले यसपटक राप्रपा राष्ट्रिय पार्टी बन्नेसमेत दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ कार्तिक २०७९, १८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शंकर पोखरेल र विष्णु पौडेल ‘लोभीपापी’ भए : केपी ओली
केपी ओलीको बोलीले फेरि एमालेमा छटपटी
केपी ओलीको सचिवालय प्रमुखमा निरुदेवी पाल
पार्टीभित्रै तीन तहको दबाबमा ओली, दुई दिन पछि धकेलियो सचिवालय बैठक
‘सबैको अन्तरमनमा करुणाको दीप बलोस्’ : केपी ओली
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता