रूपन्देही । गृहमन्त्री बालकृष्ण खाण तिहारका बेला पनि आफ्नै निर्वाचन क्षेत्र रुपन्देही ३ मा केन्द्रित देखिएका छन् । यसअघिका निर्वाचनमा त्यति धेरै मतदातासमक्ष नपुगेका उनी अहिले सानादेखि ठूला व्यापारी व्यवसायीका घरघरमा पुग्ने गरेका छन् ।
उनी दिनहुँजसो भैरहवा क्षेत्रमा मतदाताकहाँ पुग्ने गरेका छन् । खाँणलाई लोसपाका प्रदेश सभा सदस्यका उम्मेदवार बनेका सन्तोस पाण्डेले साथ दिइरहेका छन् । उनी साना साना व्यक्तिबाट भोट बैंक बनेका हुन् । पाण्डेकै सल्लाहअनुसार गृहमन्त्री साना साना व्यवसायीको घरघरमा पुग्ने गरेका छन् ।
स्थानीय व्यवसायी रामनाथ गुप्ताले अहिलेसम्म गृहमन्त्री आफ्नो घर पसलमा यसरी भोट माग्न नआएको बताए । ‘उहाँ धेरैपटक ठूल्ठूला ओेहोदामा पुग्नु भयो, तर अहिले जसरी भोट माग्न आउनु भएको थिएन । तर, अहिले भने आउनु भएको छ,’ उनले भने ।
गृहमन्त्री खाण दीपावलीको दिन बैंक रोड, मिलनचोक, गल्लामण्डी, मैत्री पथमा भोट माग्न पुगेका थिए । उनी भोट माग्न जाने बेला सादा पोसाकका प्रहरी पुग्ने गरेका छन् ।यसअघि गृहमन्त्री खाँणले आफ्ना निर्वाचन क्षेत्रका सबैलाई दशै तिहारको शुभकामना कार्ड पठाएका थिए । उनले सबैको नामसमेत उल्लेख गरी कार्ड पठाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ कार्तिक २०७९, १६ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्रीले पिर्के सलामी नलिने
चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ
गृहमन्त्री गुरुङ मध्यरातमा प्रहरी शिक्षालयको निरीक्षणमा पुग्दा...
गृहमन्त्री सुधन गुरुङद्वारा चितवनको पहिरोबाट प्रभावित सडक क्षेत्रको अवलोकन
गृहमन्त्री गुरुङले गरे विमानस्थल विपद् उद्धार गणको आकस्मिक अनुगमन
गृहमन्त्रीद्वारा जेन–जी शहीदको सम्झनामा दीप प्रज्वलन