काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा लाइनमा नबसी प्राथमिकताका आधारमा मतदान गर्नेको सूची तयार पारेको छ ।
आयोगले गर्भवती, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी, आफ्नो काखे बालबालिका साथमा भएकी महिला, अपांगता भएका व्यक्त तथा अन्य (लैंगिक तथा यौनिक अल्पसंख्यक) मतदातालाई लाइनमा नबसी प्राथमिकताका आधारमा मतदान गर्न पाइने व्यवस्था गरेको जनाएको छ ।
दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरू कुनै कारणले आफैँ मत संकेत गर्न नसक्ने भएको मतदाताको हकमा निजको एकाघर परिवारको सदस्यलाई आफूसँगै मत संकेत गर्ने गोप्य कक्षमा मतदान अधिकृतको अनुमतिमा लैजान सकिने र सो नभएमा मतदान अधिकृतको सहयोग लिन सकिने व्यवस्था आयोगले मिलाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ कार्तिक २०७९, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पुल्चोकमा मतदान जारी, साढे १ बजेसम्म १७०० मत खस्यो
हेटौँडाका एक सय दुई वर्षीय लामिछानेद्वारा मतदान
एक घण्टा बाँकी रहँदा ६१ प्रतिशत मतदान
मधेसमा उपनिर्वाचन : दुई बजेसम्म ५७ प्रतिशत मतदान
रुकुम पश्चिममा उपनिर्वाचन : सानीभेरी गाउँपालिका–५ मा ९५० मत खस्यो
हुम्लाको सर्केगाडमा ४० प्रतिशत मतदान