इमरान खानमाथि पाँच वर्ष चुनाव लड्न नपाउने गरी प्रतिबन्ध

एजेन्सी

शनिबार, ०५ कार्तिक २०७९, ०८ : ४३
इमरान खानमाथि पाँच वर्ष चुनाव लड्न नपाउने गरी प्रतिबन्ध

एजेन्सी । पाकिस्तानको निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री इमरान खानलाई आउँदो पाँच वर्षका लागि निर्वाचनमा सामेल हुन नपाउने गरी अयोग्य ठहर गरेको छ ।

सत्तामा रहँदा लिएका उपहारका बारेमा आधिकारिक जानकारी नदिएको निर्वाचन आयोगको भनाइ छ । निर्वाचन आयोगले खानलाई सार्वजनिक पद धारणका लागि आयोग्य भनेपछि त्यसको विरोध भइरहेको छ ।

पूर्व प्रधानमन्त्री खानले आयोगको निर्णयलाई राजनीतिक रुपमा प्रभावित भनेका छन् । खानमाथि विदेशी पाहुनबाट प्राप्त भएका रोलेक्स घडी, औँठीसहितका उपहारबारे सही जानकारी नदिएको र त्यसको गैरकानूनी बिक्री गरेको आरोप छ ।

खानका वकिलले आयोगको निर्णयविरुद्ध उच्च अदालतमा जाने बताएका छन् । शुक्रबारको निर्णपछि खानले आफ्ना समर्थकलाई विरोध प्रदर्शन गर्न अपिल गरेका छन् । प्रहरीले इस्लामावादमा प्रदर्शन गरेका उनका समर्थकमाथि अश्रु ग्यास प्रहार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस