समाजलाई एकताबद्ध गर्न खेलकुदको महत्वपूर्ण भूमिका छ : पूर्वसभामुख घर्ती

सफल खबर संवाददाता

शुक्रबार, ०४ कार्तिक २०७९, ०८ : ४७
समाजलाई एकताबद्ध गर्न खेलकुदको महत्वपूर्ण भूमिका छ : पूर्वसभामुख घर्ती

काठमाण्डौं । काठमाण्डौंको कागेश्वरी मनोहरा–९ हात्ती डाँडामा ब्याडमिन्टन प्रतिगोगिता सुरु भएको छ । 

हात्तीडाँडा समाजद्वारा आयोजित स्वर्गीय चुडामणि गिरी तथा जुनुकुमारी गिरी स्मृति ब्याटमिन्टन प्रतियोगिताको पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले शुक्रबार बिहान उद्घाटन गरिन् । 

सत्ता गठबन्धनका तर्फबाट काठमाण्डौं–२ की प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेकी घर्तीले खेलकुदले मानिसलाई स्वस्थ, निरोगी र अनुशासित बनाउने उल्लेख गरिन् । पूर्वखेलकुदमन्त्रीसमेत रहेकी घर्तीेले समाजलाई एकताबद्ध गर्न पनि खेलकुद क्षेत्रको महत्वपूर्ण भूमिका रहेको चर्चा गरिन् । 

कार्यक्रममा कागेश्वरी मनोहरा–९ का वडाअध्यक्ष अनिल थापा, हात्तीडाँडा समाजकी अध्यक्ष बिना दाहाल र स्वर्गीय गिरीद्वयका पुत्र श्याम गिरीले काठमाण्डु–२ ले पूर्वसभामुखजस्तो राष्ट्रिय व्यक्तित्वलाई उम्मेदवारका रुपमा पाएको भन्दै जितको शुभकामना दिए । निर्वाचनमा विजय वा पराजय जे भए पनि काठमाण्डु–२ नछाड्न र सो क्षेत्रको विकासमा योगदान दिन घर्तीलाई उनीहरुको सुझाव थियो ।

प्रतिक्रिया दिनुहोस