देबदह । नेकपा एमाले परित्याग गरेर रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र विकासको कुरा गरेर दुनियाँ हसाउने गरेको टिप्पणी गरेका छन् ।
एमाले अध्यक्ष ओलीको विकास नीतिलाई ‘भ्यू टावरे विकास’को संज्ञा दिँदै नेता भुसालले लोकतन्त्र र विकासको विषयलाई ओलीले मजाक बनाएको आरोप लगाए। ‘ओलीले लोकतन्त्र र विकासको कुरा गर्दा मान्छे आजभोली हास्छन् । डाँडामा भ्यूटावर बनाउने ओलीको विकासको भाष्यले राज्यको साधनस्रोतको अनावश्यक खर्चमात्रै हुन्छ । बन्नुपर्ने ठाउँमा बन्दैन, नबन्नुपर्ने ठाउँमा बनिरहेको हुन्छ, यसले हाम्रो जस्तो गरिब मूलुकको गरिब जनताको अनावश्यक खर्च दोहन गर्ने गर्छ,’ भुसालले भने ।
अहिलेको चुनावी व्यवस्थाले नै दलहरुबीच गठबन्धन बनाउनुपर्ने अनिवार्य परिस्थिति खडा गरिदिएको बताउँदै भुसालले संविधान जोगाउनको लागी वाम लोकतान्त्रिक गठबन्धन बनेको बताए । उनले अहिलेको वाम लोकतान्त्री गठबन्धन संविधान जोगाउनेहरूको भएको बताए ।
रुपन्देही क्षेत्र नम्बर १ मा विकासका नाममा निर्माण हुने पूर्वाधारहरुलाई उत्पादन र रोजगारीमा जोड्नुपर्ने भुसालको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ कार्तिक २०७९, १८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले र माओवादी सच्चिए दुई वर्षभित्र बलियो वामपन्थी शक्ति बन्छ : घनश्याम भुसाल
मुलुकमा वाम विकल्प नेकपा एसले मात्रै दिन सक्छ : घनश्याम भुसाल
एमाले पहिचान सकिएर ओलीको पार्टी बन्दैछ : घनश्याम भुसाल
नेतालाई गाली गर्न बन्द गरौँ : घनश्याम भुसाल
ओलीको उदयपछि नेपाली राजनीतिमा घृणा र निन्दाको परम्परा बन्यो : घनश्याम भुसाल
माओवादी विद्रोहबारे ओलीको अभिव्यक्ति घृणाष्पद छ : घनश्याम भुसाल