एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनले ताइवानलाई पहिलेभन्दा धेरै छिटो गाभ्ने प्रयास गरिरहेको बताएका छन्। चीनले अब यथास्थिति स्वीकार नगर्ने निर्णय गरेको उनले बताए ।
आइतवार बेइजिङमा कम्युनिष्ट पार्टीको कंग्रेसमा सम्बोधन गर्दै राष्ट्रपति सी जिनपिङले ताइवानलाई गाभेर सेना प्रयोग गर्न सकिने कुरा दोहोर्याएका थिए। चीनले ताइवानलाई आफ्नो हिस्सा ठान्छ भने ताइवानले आफूलाई चीनबाट अलग ठान्छ।
गत महिना अमेरिकी राष्ट्रपति बाइडेनले चीनले आक्रमण गरेमा अमेरिकी सेनाले ताइवानको रक्षा गर्ने बताएका थिए।स्ट्यानफोर्ड युनिभर्सिटीमा बोल्दै एन्टोनी ब्लिन्केनले भने 'यदि चीनले ताइवानलाई शान्तिपूर्ण रूपमा गाभ्न सक्दैन भने उसले बल प्रयोग गरेर, सैन्य प्रयोग गरेर गर्नेछ।'
जसका कारण यथास्थिति प्रभावित भई तनाव सिर्जना भएको उनको भनाइ छ ।एन्टोनी ब्लिन्केनले पनि चीनले आक्रमण गरेमा अमेरिकाले ताइवानलाई सहयोग गर्ने बताए । यद्यपि अमेरिकाको आधिकारिक नीतिले ताइवानलाई सैन्य सहायताको कुरा गर्दैन किनभने अमेरिकाले एक चीन नीतिलाई समर्थन गर्दछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ कार्तिक २०७९, १९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरान-अमेरिका अप्रत्यक्ष वार्ताको अर्को चरण आइतबार ओमानमा हुने
भारत र पाकिस्तानलाई आक्रमण बन्द गर्न अमेरिकाको अपिल
अमेरिकामा घरमाथि प्लेन खस्यो
अमेरिकामा दादुराका आठ सय भन्दा बढी बिरामी भेटिएको पुष्टि
अमेरिकामा हजारौं नागरिकले घेरे राष्ट्रपति ट्रम्प निवास, सबै राज्यमा प्रदर्शन
सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने अमेरिकाको तयारी