एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनले ताइवानलाई पहिलेभन्दा धेरै छिटो गाभ्ने प्रयास गरिरहेको बताएका छन्। चीनले अब यथास्थिति स्वीकार नगर्ने निर्णय गरेको उनले बताए ।
आइतवार बेइजिङमा कम्युनिष्ट पार्टीको कंग्रेसमा सम्बोधन गर्दै राष्ट्रपति सी जिनपिङले ताइवानलाई गाभेर सेना प्रयोग गर्न सकिने कुरा दोहोर्याएका थिए। चीनले ताइवानलाई आफ्नो हिस्सा ठान्छ भने ताइवानले आफूलाई चीनबाट अलग ठान्छ।
गत महिना अमेरिकी राष्ट्रपति बाइडेनले चीनले आक्रमण गरेमा अमेरिकी सेनाले ताइवानको रक्षा गर्ने बताएका थिए।स्ट्यानफोर्ड युनिभर्सिटीमा बोल्दै एन्टोनी ब्लिन्केनले भने 'यदि चीनले ताइवानलाई शान्तिपूर्ण रूपमा गाभ्न सक्दैन भने उसले बल प्रयोग गरेर, सैन्य प्रयोग गरेर गर्नेछ।'
जसका कारण यथास्थिति प्रभावित भई तनाव सिर्जना भएको उनको भनाइ छ ।एन्टोनी ब्लिन्केनले पनि चीनले आक्रमण गरेमा अमेरिकाले ताइवानलाई सहयोग गर्ने बताए । यद्यपि अमेरिकाको आधिकारिक नीतिले ताइवानलाई सैन्य सहायताको कुरा गर्दैन किनभने अमेरिकाले एक चीन नीतिलाई समर्थन गर्दछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ कार्तिक २०७९, १९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण
अमेरिकाको बढ्दो नेपाल चासो : लगातार उच्चस्तरीय भ्रमणको अर्थ के ?
अमेरिकाका विदेशमन्त्री रुबियो आइपुगे भारत
ट्रम्प प्रशासनद्वारा ग्रीन कार्ड प्रक्रियामा हेरफेर, अब अमेरिका छाडेर मात्र आवेदन दिन पाइने
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य