काठमाडौँ । पूर्व प्रधानमन्त्री सुशीला कार्कीले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन विश्वकै लागि अध्ययन गर्न लायक रहेको बताएकी छन् ।
निर्वाचन आयोगले आज आयोजना गरेको केन्द्रीय समीक्षा कार्यशालाको यहाँ उद्घाटन गर्दै उनले उक्त कुरा बताएकी हुन् ।
“निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ । जनताले दिएको मतको सम्मान गर्दै उहाँहरूलाई काम गर्न दिनुपर्छ ।” पूर्व प्रधानमन्त्री कार्कीले भनिन् ।
उनले निर्वाचन सफल हुनुमा तत्कालीन सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, सञ्चारकर्मीलगायतका भूमिका महत्त्वपूर्ण रहेको चर्चा गरिन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ जेठ २०८३, ११ : १०
लेखकबाट थप