मधेश प्रदेशको लोक सेवाले ११ उपसचिवका लागि खुलायो विज्ञापन

सफल खबर संवाददाता

विहीबार, २७ असोज २०७९, ०८ : १३
मधेश प्रदेशको लोक सेवाले ११ उपसचिवका लागि खुलायो विज्ञापन

जनकपुर । प्रदेश लोकसेवा आयोग मधेश प्रदेशले प्रदेश निजामति सेवाका अधिकृत नवौं तह (अप्राविधिकरप्राविधिक) पदको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन सार्वजनिक गरेको छ ।

बिहीवार आयोगले रिक्त रहेका पदहरूको पदपूर्तिका निम्ति विज्ञापन खुलाएको हो । आयोगले अप्राविधिकतर्फ अधिकृत नवौँ तहमा खुल्लामा १ जना र अन्तरसेवामा १ जना मागेको  छ । 

यस्तै प्राविधिक अधिकृत नवौं तहको स्वास्थ्य सेवा बाहेकको सेवा तर्फ विभिन्न सेवा, समूह तथा उपसमूहमा ५ जना खुल्ला माग गरेको छ । 

यस्तै सोही तहको स्वास्थ्य  सेवातर्फ विभिन्न पद, समूह र उपसमूहमा ४ जना माग गरेको छ । आवेदन कात्तिक १६ गतेसम्ममा दिइसक्नुपर्ने छ । 

प्रतिक्रिया दिनुहोस