काठमाडौं । सरकारले पछिल्लो पटक स्वास्थ्य बीमा बापत ६६ करोड ८१ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी दिएको छ । स्वास्थ्य बीमा बोर्डका अनुसार गत असोज १४ गतेको निर्णय बमोजिम सरकारले असोज २४ गते विभिन्न स्वास्थ्य सेवा प्रदायक स्वास्थ्य संस्थाको दाबी रकम पूर्ण तथा आंशिक पेस्की फर्छ्यौट गरि बाँकी कुल ६६ करोड ८१ लाख ५५ हजार ६८८ रुपैयाँ भुक्तानी दिएको हो ।
यस्तो भुक्तानी पाउनेमा ३४३ स्वास्थ्य संस्था, अस्पताल तथा स्वास्थ्य चौकीहरू रहेका छन् ।
उसो त यस्तो भुक्तानी यसै आर्थिक वर्षको गत भदौ २२ गते ३३८ अस्पताल तथा स्वास्थ्य चौकीहरुलाई सरकारले २ अर्ब ६७ करोड ११ लाख ६४ हजार ७६८ रुपैयाँ भुक्तानी दिएको बोर्डले जनाएको छ ।
योसहित चालु आर्थिक वर्षमा सरकारले स्वास्थ्य बीमा बापत कुल ३ अर्ब ३३ करोड ९३ लाख माथि भुक्तानी गरेको छ । स्वास्थ्य बीमा कार्याक्रम लागू भएयता सरकारले २४ अर्ब रुपैयाँ माथिको भुक्तानी गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ असोज २०७९, १५ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार जेन जेडबीच भएको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता
सरकार र जेन जेडबीच सम्झौतामा हस्ताक्षर हुँदै
व्यवसायीद्वारा कर्णाली सरकारलाई ११ बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण
नेपाली नर्सहरू विदेशतिर आकर्षित, स्वदेशमै गुणस्तरीय शिक्षाको अभाव
‘जेन–जी सहिद दिवस’ भदौ २३ गते मनाइने
प्रधानमन्त्री कार्कीको स्वकीय सचिवालयमा हेरफेरको दौडधुप