काठमाडौं । सरकारले पछिल्लो पटक स्वास्थ्य बीमा बापत ६६ करोड ८१ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी दिएको छ । स्वास्थ्य बीमा बोर्डका अनुसार गत असोज १४ गतेको निर्णय बमोजिम सरकारले असोज २४ गते विभिन्न स्वास्थ्य सेवा प्रदायक स्वास्थ्य संस्थाको दाबी रकम पूर्ण तथा आंशिक पेस्की फर्छ्यौट गरि बाँकी कुल ६६ करोड ८१ लाख ५५ हजार ६८८ रुपैयाँ भुक्तानी दिएको हो ।
यस्तो भुक्तानी पाउनेमा ३४३ स्वास्थ्य संस्था, अस्पताल तथा स्वास्थ्य चौकीहरू रहेका छन् ।
उसो त यस्तो भुक्तानी यसै आर्थिक वर्षको गत भदौ २२ गते ३३८ अस्पताल तथा स्वास्थ्य चौकीहरुलाई सरकारले २ अर्ब ६७ करोड ११ लाख ६४ हजार ७६८ रुपैयाँ भुक्तानी दिएको बोर्डले जनाएको छ ।
योसहित चालु आर्थिक वर्षमा सरकारले स्वास्थ्य बीमा बापत कुल ३ अर्ब ३३ करोड ९३ लाख माथि भुक्तानी गरेको छ । स्वास्थ्य बीमा कार्याक्रम लागू भएयता सरकारले २४ अर्ब रुपैयाँ माथिको भुक्तानी गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ असोज २०७९, १५ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेट पारित भएपछि संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी, अध्यादेशमार्फत शासनको आशंका
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
रास्वपाको जिल्ला अधिवेशनमा ‘नेपाल सरकार’ को लोगो प्रयोग
आगामी वर्ष १६ खर्ब राजस्व संकलन गर्ने सरकारको लक्ष्य
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'
सरकारको ‘मेरिट’ नियुक्ति माथि प्रश्न : पिएसबी अध्यक्षमा हिजो आवेदन आह्वान, आजै सूचना रद्द, कसका लागि तयार हुँदैछ नियुक्ति प्रक्रिया ?