चितवन–३ मा जगन्नाथ पौडेलको स्वतन्त्र उम्मेदवारी

सफल खबर संवाददाता

आइतबार, २३ असोज २०७९, १५ : ४३
चितवन–३ मा जगन्नाथ पौडेलको स्वतन्त्र उम्मेदवारी

चितवन । चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् । 

गत स्थानीय निर्वाचनका बेला भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहालको बागी उम्मेदवार बनेका उनी कांग्रेसको कारबाहीमा परेका थिए । त्यसयता छुट्टै राजनीतिक गतिविधि गर्दै आएका पौडेलले प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस