ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

सफल खबर संवाददाता

आइतबार, २३ असोज २०७९, ११ : ४२
ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

काठमाडौं । सवारी चेकजाँचमा खटिएका प्रहरीलाई  घुस दिन खोजेको आरोपमा एक जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका स्थित परोपकार सडक खण्डमा मापसे चेक गर्न खोज्दा ५ सय दिन खोजेको आरोपमा पक्राउ पर्नेमा रौतहट घर भएका वीरेन्द्र शाह छन् ।

प्र–३–०३–०१४ प ४८९७ नम्बरको मोटरसाइकलमा पछाडी बसेका शाहले ट्राफिक प्र्रहरी नायव निरिक्षक वीरेन्द्र रायमाझीलाई ५ सय नगद दिन खोजेका हुन् ।

आरोपीलाई पक्राउ गरेर आवश्यक कारवाहीका लागी प्रहरी वृत जनसेवामा पठाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी अवदेश विष्टलेबताए ।

प्रतिक्रिया दिनुहोस