काठमाडौं । सवारी चेकजाँचमा खटिएका प्रहरीलाई घुस दिन खोजेको आरोपमा एक जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका स्थित परोपकार सडक खण्डमा मापसे चेक गर्न खोज्दा ५ सय दिन खोजेको आरोपमा पक्राउ पर्नेमा रौतहट घर भएका वीरेन्द्र शाह छन् ।
प्र–३–०३–०१४ प ४८९७ नम्बरको मोटरसाइकलमा पछाडी बसेका शाहले ट्राफिक प्र्रहरी नायव निरिक्षक वीरेन्द्र रायमाझीलाई ५ सय नगद दिन खोजेका हुन् ।
आरोपीलाई पक्राउ गरेर आवश्यक कारवाहीका लागी प्रहरी वृत जनसेवामा पठाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी अवदेश विष्टलेबताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ असोज २०७९, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुद्दा मिलाइदिने भन्दै घुस लिने हवल्दार पक्राउ
वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ
शिक्षक नियुक्तिमा घुस लिने क्रममा प्रधानाध्यापकसहित दुई जना पक्राउ
बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ
कैलालीका वरिष्ठ वन अधिकृत ७ लाख ३१ हजार घुससहित पक्राउ