एजेन्सी । भारतको महाराष्ट्रस्थित नासिकमा शनिबार बिहान एउटा निजी बसमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा करिब ३८ जना घाइते भएको बताइएको छ ।
प्रहरीका अनुसार नासिक–औरंगाबाद सडकमा रहेको नान्दुरनाका नजिक बिहान ५स३० बजे दुर्घटना भएको हो । मुम्बईबाट यवतमाल जाँदै गरेको बस कन्टेनर ट्रकसँग ठोक्किएर बसमा आगो लागेको थियो ।
नासिकका प्रहरी नायब उपरीक्षक अमोल ताम्बेले भने, ‘दुर्घटनामा ३८ यात्रु सामान्य घाइते भएका छन्। उनको उपचार चलिरहेको छ । मृत्यु हुनेको सनाखत भइरहेको छ । दुर्घटना कसरी भयो र बसमा आगजनी कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।’
प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाएकाका आफन्तलाई दुई लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २२ असोज २०७९, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै