एजेन्सी । भारतको महाराष्ट्रस्थित नासिकमा शनिबार बिहान एउटा निजी बसमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा करिब ३८ जना घाइते भएको बताइएको छ ।
प्रहरीका अनुसार नासिक–औरंगाबाद सडकमा रहेको नान्दुरनाका नजिक बिहान ५स३० बजे दुर्घटना भएको हो । मुम्बईबाट यवतमाल जाँदै गरेको बस कन्टेनर ट्रकसँग ठोक्किएर बसमा आगो लागेको थियो ।
नासिकका प्रहरी नायब उपरीक्षक अमोल ताम्बेले भने, ‘दुर्घटनामा ३८ यात्रु सामान्य घाइते भएका छन्। उनको उपचार चलिरहेको छ । मृत्यु हुनेको सनाखत भइरहेको छ । दुर्घटना कसरी भयो र बसमा आगजनी कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।’
प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाएकाका आफन्तलाई दुई लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २२ असोज २०७९, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा