चितवन । नेकपा (एमाले) ले चितवन क्षेत्र नं १ चुनाव लड्न पुनः सुरेन्द्र पाण्डेलाई टिकट दिएको छ ।
एमालेबाट यो क्षेत्रमा चुनाव लड्न आकांक्षीहरु धेरै देखिएपछि कसले टिकट पाउने जिल्लामा कौतुहलता बढेको थियो । तर लामो रस्साकस्सीपछि पूर्व अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष पाण्डेले टिकट हात पारेका हुन् । चितवन–१ मा जेएन थपिलायाले दाबी गर्दै आएका थिए ।
थपलियाले चुनावको प्रचारप्रसार समेत सुरु गरिसकेका थिए । एमालेले थपलियालाई प्रदेश सभा निर्वाचनमा उमेदवार बनाउने भएको छ । उनले निर्वाचन क्षेत्र नं १ क को टिकट पाएका छन् । त्यस्तै, प्रकाश खनाल शैलेसले निर्वाचन क्षेत्र नं १ ख बाट चुनाव लड्न टिकट पाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ असोज २०७९, ०९ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संवैधानिक र लोकतान्त्रिक उपलब्धि रक्षाका लागि संवादमा आउन राजनीतिक दलहरूलाई एमालेको अपिल
भरतपुरमा एमाले पार्टी कार्यालयमा आगजनी
एमालेको केन्द्रीय कार्यालयमा आगजनी
एमाले मन्त्रीलाई राजीनामा नदिन प्रधानमन्त्रीको ह्विप
ओलीको झोले नबन्ने भन्दै एमाले छोड्नेको लर्काे
एमालेको भावी अध्यक्षमा ओली निर्विकल्प