चितवन । नेकपा (एमाले) ले चितवन क्षेत्र नं १ चुनाव लड्न पुनः सुरेन्द्र पाण्डेलाई टिकट दिएको छ ।
एमालेबाट यो क्षेत्रमा चुनाव लड्न आकांक्षीहरु धेरै देखिएपछि कसले टिकट पाउने जिल्लामा कौतुहलता बढेको थियो । तर लामो रस्साकस्सीपछि पूर्व अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष पाण्डेले टिकट हात पारेका हुन् । चितवन–१ मा जेएन थपिलायाले दाबी गर्दै आएका थिए ।
थपलियाले चुनावको प्रचारप्रसार समेत सुरु गरिसकेका थिए । एमालेले थपलियालाई प्रदेश सभा निर्वाचनमा उमेदवार बनाउने भएको छ । उनले निर्वाचन क्षेत्र नं १ क को टिकट पाएका छन् । त्यस्तै, प्रकाश खनाल शैलेसले निर्वाचन क्षेत्र नं १ ख बाट चुनाव लड्न टिकट पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ असोज २०७९, ०९ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह