काठमाडौं । नेकपा एमालेले पूर्व उपाध्यक्ष भीम रावलपछि पूर्व उपमहासचिव घनश्याम भुसाललाई पनि टिकट दिएन ।
एमालेले रावलको क्षेत्रमा झपट बोहोरालाई टिकट दिएको छ भने भुसालको क्षेत्रमा एमालेले राप्रपासँग तालमेल गर्ने भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी प्रदेशका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यहरुको सूची सचिव छविलाल विश्वकर्मालाई दिएका छन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितको टोलीले शुक्रबार साँझ सीट बाँडफाँटको विषयमा एमाले अध्यक्ष ओलीसँग वार्ता गरेको थियो । राप्रपाले सो क्षेत्रबाट दीपक बोहोरालाई उम्मेदवार बनाउने छ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भुसालले बोहोरालाई पराजित गरेका थिए ।
स्थायी कमिटीका सदस्य भुसालसहितका तिलोत्तमाका पूर्वमेयर बासुदेव घिमिरे, दुर्गा भुसाल तथा सर्वजीत शाहको नाम सिफारिस गरेको थियो । भुसालले रुपन्देही १ बाट प्रतिनिधिसभा उम्मेदवार बन्न चाहेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ असोज २०७९, २१ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेतृत्वबाट ‘प्रचण्ड’ र माधवको बिदाइ गरे माओवादीसँग एकता गर्न सकिन्छ: घनश्याम भुसाल
घनश्याम भुसालको प्रश्न- मुलुक राजनीतिक ब्ल्याक होलतर्फ गइरहेको हो ?
नेतृत्वको बहिर्गमन नै नयाँ निकासको आधार विन्दु: घनश्याम भुसाल
सबै बन्धन चुँडालेर वाम एकता गर्न घनश्याम भुसालको अपिल
मेरो पुस्ताका नालायकीप्रति म लज्जित छु: घनश्याम भुसाल
नेपालको राजनीति रवि लामिछानेभन्दा पनि मनपरी बोल्नेहरूको हातमा जाँदै छ: घनश्याम भुसाल