एजेन्सी । भारत र दक्षिण अफ्रिकाबीचको एकदिवसीय सिरिजको पहिलो खेलमा दक्षिण अफ्रिकाले भारतलाई ९ रनले पराजित गरेको छ ।
पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले भारतलाई २५० रनको लक्ष्य दिएको थियो । भारतको टोलीले इनिङ्सको अन्त्यसम्म ८ विकेट गुमाएर २ सय ४० रन मात्रै बनाउन सक्यो। भारतका लागि सञ्जु सामसनले सर्वाधिक ८६ रन बनाए । योसँगै श्रेयस अय्यरले ५० रनको पारी खेले ।
भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । वर्षाका कारण खेल ४०–४० ओभरको भएको थियो । पहिलो ब्याटिङ गर्दै दक्षिण अफ्रिकाले ४० ओभरमा चार विकेट गुमाएर २४९ रन बनायो ।
हेनरिक क्लासेन र डेभिड मिलरले पाँचौँ विकेटका लागि १०६ बलमा १३९ रनको अविजित साझेदारी गरे । अन्तिम पाँच ओभरमा दुवैले विस्फोटक ब्याटिङ गर्दै ५५ रन बनाएका थिए । मिलरले ६३ बलमा ७५ रन र हेनरिक क्लासेनले ६५ बलमा ७४ रन बनाए ।
भारतका लागि शार्दुलले दुई विकेट लिए । कुलदीप यादव र रवि बिश्नोईले एक–एक विकेट लिए । खेलमा ऋतुराज गायकवाडले डेब्यु गर्ने मौका पाए । यस खेलको कप्तानी शिखर धवनले गरेका थिए । यसअघि बुधबार रोहित शर्माको नेतृत्वमा १४ सदस्यीय भारतीय टोली विश्वकपका लागि अस्ट्रेलिया प्रस्थान गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २१ असोज २०७९, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा